चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन
nepalnews.com · Sun Oct 11 10:05:14 GMT 2026

हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादशैं, दीपावली, नेपाल संवत् र छठपर्वलाई लक्षित गरी जिल्लाभर ६३६ जना प्रहरी परिचालन गरेको छ। चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण, यात्रुको सुरक्षा तथा राजमार्गमा बढ्ने सवारीसाधनको चाप व्यवस्थापनका लागि विशेष सुरक्षा योजना लागू गरिएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जिल्ला प्रहरी प्रमुखको नेतृत्वमा कमान्ड पोस्ट रहने गरी सुरक्षा टोली परिचालन गरिएको जानकारी दिए। उनका अनुसार बाढीपहिरोका कारण धादिङ तथा सिन्धुली क्षेत्रका सडक अवरुद्ध हुँदा हेटौंडा हुँदै काठमाडौं आवतजावत गर्ने सवारीसाधनको चाप बढ्ने अवस्थालाई ध्यानमा राखेर राजमार्ग सुरक्षालाई विशेष प्राथमिकता दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)