स्रोत खुलाउन नसकेको २४ लाख नगदसहित काठमाडौंबाट दुईजना पक्राउ
kendrabindu.com · Mon Aug 10 07:34:47 GMT 2026

काठमाडौं। काठमाडौं प्रहरीले छुट्टाछुट्टै स्थानबाट स्रोत खुलाउन नसकेको ठूलो परिमाणको नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरूबाट कुल २४ लाख २ हजार रुपैयाँभन्दा बढी नगद बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–२६, केशरमहल क्षेत्रमा बा.प्र ०२–०४२ प ५२०७ नम्बरको स्कुटर जाँच गर्दा १९ लाख ९४ हजार रुपैयाँ नगद फेला परेको थियो। उक्त रकमको स्रोत खुलाउन नसकेपछि स्कुटर चालक स्याङ्जाको वालिङ नगरपालिका–६ स्थायी घर भई हाल बानेश्वर बस्दै आएका ४१ वर्षीय ईश्वर थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)