स्काउटका पदाधिकारी पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश
onlinekhabar.com · Mon Aug 10 12:17:52 GMT 2026

२५ साउन,काठमाडौं । सर्वोच्च अदालतले नेपाल स्काउटका निर्वाचित पदाधिकारीहरूलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सोमबार यस्तो आदेश दिएको हो। रवि खनालसमेतले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाई दायर गरेको उत्प्रेषणसम्बन्धी रिटमा अदालतले विपक्षीहरूका नाममा कारण देखाऊ आदेशसमेत जारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)