४० दिनपछि छुटे अभिषेक गिरी
onlinekhabar.com · Mon Aug 10 12:46:24 GMT 2026

२५ साउन, विराटनगर । विवादास्पद छविका अभिषेक गिरी पक्राउ परेको ४० दिनपछि हाजिरी जमानीमा छुटेका छन् । कैदीबन्दीको भत्ता दुरुपयोग आरोपमा १३ असारमा पक्राउ परेका उनीविरुद्ध मोरङ र काठमाडौंमा ठगीका थप दुई मुद्दा परेको थियो । ठगीका दुईवटै मुद्दामा मिलापत्र गरेर सोमबार साँझ छुटेका हुन् ।
ठगीको जाहेरी दिएका रंगेली नगरपालिका–१ का ४७ वर्षीय दिलिपकुमार चौधरीसँगको मिलापत्रपछि उनी सोमबार साझ छुटेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)