१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ
nepallive.com · Mon Oct 12 06:41:31 GMT 2026

उदयपुर – उदयपुरमा प्रहरीले दुई छुट्टाछुट्टै स्थानबाट एक हजार ४० किलो ४४० ग्राम गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा प्रयोग भएको बोलेरो गाडीसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)