मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कालीगण्डकी डाइभर्सन : निर्माण प्रक्रिया अगाडि नबढ्ने

lokaantar.com · Thu Jul 15 00:50:53 GMT 2021

सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सन निर्माण प्रक्रिया तत्काल अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म पर्यावरण प्रतिकूल हुने गरी कुनै पनि कार्य नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चकै एकल इजलासले यसअघि असार २२ गते सोही विषयमा अन्तरिम छलफलका लागि बोलाउने आदेश गरेको थियो । साउन ४ गते दुवै पक्षलाई छलफलमा झिकाउने आदेश न्यायाधीश तेजबहादुर केसीले गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)