उदयपुरमा एकै रात दुई ठाउँबाट एक हजार किलोभन्दा बढी गाँजा बरामद, एक युवक पक्राउ
rajdhanidaily.com · Mon Oct 12 12:14:03 GMT 2026

उदयपुर । उदयपुरमा प्रहरीले एकै रात दुई छुट्टाछुट्टै स्थानबाट एक हजार ४० किलो ४४० ग्राम गाँजा बरामद गरेको छ । गाँजा ओसारपसार भइ रहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा गाँजा बरामद गर्नुका साथै एक युवकलाई पक्राउ गरेको छ । गाँजा ओसारपसारमा प्रयोग भएको बोलेरो गाडी समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार चौदण्डीगढी नगरपालिका–१ चारघरेबाट ९ सय ४० किलो ४४० ग्राम र कटारी नगरपालिका–६ सागुरी पुल नजिकैको जंगलबाट थप १ सय किलो गाँजा बरामद गरिएको हो । दुवै स्थानबाट बरामद गाँजाको कुल तौल एक हजार ४० किलो ४४० ग्राम रहेको छ । घटनामा संलग्न अन्य व्यक्तिहरू भने फरार रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)