सिंहदरबारमा ओली
rajdhanidaily.com · Mon Jul 15 23:08:11 UTC 2024

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री ओलीलाई शपथग्रहण गराएका हुन् ।
शपथ ग्रहणपश्चात प्रधानमन्त्री ओलीले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणलगत्तै ओली लैनचौरस्थित शहीद स्मारक पुगेका थिए । उनले शहीदहरूको सालिकमा माल्यार्पण गरेका थिए । त्यसलगत्तै उनी पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)