सहकारी ठगीको नयाँ तरिका : फर्जी सहकारी खडा गरी करोडौं अपचलन
ekantipur.com · Fri Sep 27 17:08:52 UTC 2024

सिरहा — सिरहाको कल्याणपुर नगरपालिका–८ की ३७ वर्षीया उषा कुमारी दास निरक्षर हुन् । तर, उनी पढाईको महत्व बुझ्छिन् । उनका श्रीमान् सुरेश दास दश वर्षदेखि वैदेशिक रोजगारीका लागि साउदी अरबमा छन् । श्रीमान्ले विदेशमा बगाइरहेको पसिनाको मूल्य पनि उनले उत्तिकै बुझेकी छिन् ।
त्यसैकारण श्रीमान् पनि उनीप्रति निकै ढुक्क छन् । श्रीमान्ले पठाएको पैसा उषाले जथाभावी खर्च नगरी सहकारीमा जम्मा गर्दै आएकी थिइन् । आफूहरु पढ्न नपाएकोमा उनलाई पछुतो छ । त्यसैले श्रीमान्ले मरभूमीको तातोमा पसिना बगाएर कमाएको पैसा बालबच्चाको पढाईमा खर्च गर्ने अनि एउटा ठिकठाक घर बनाउने सपना उनले बुनेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)