एनसेल-स्मार्ट टेलिकम प्रकरणमा २२ प्रतिवादी, ९५ अर्ब बिगो
nepalnews.com · Tue Aug 11 04:15:45 GMT 2026

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल, स्मार्ट टेलिकम र नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) विरुद्ध ९५ अर्ब रुपैयाँ बिगो दाबी गर्दै आपराधिक मुद्दा चलाउन सिफारिस गरेको छ। सीआईबीले स्मार्ट टेलिकमको विवादास्पद लिलाम बिक्री प्रकरणमा झन्डै तीन महिना लामो अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँमा अनुसन्धान प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमा एनसेल, स्मार्ट टेलिकम र एनआईएमबी तथा तिनका पदाधिकारी र संलग्न व्यक्तिविरुद्ध छुट्टाछुट्टै मुद्दा चलाउन सिफारिस गरिएको छ।
सीआईबीले ३१ वैशाखमा एनसेलको नख्खुस्थित केन्द्रीय कार्यालयमा छापा मारेर अनुसन्धान अगाडि बढाएको थियो। अनुसन्धानका क्रममा स्मार्ट टेलिकमको लिलाम प्रक्रिया, त्यससँग जोडिएका वित्तीय कारोबार तथा विभिन्न कम्पनी र व्यक्तिबीच भएका कारोबारमा छानबिन केन्द्रित गरिएको थियो। प्रहरीले तीनवटै संस्था र तिनमा संलग्न २२ जनाविरुद्ध आपराधिक विश्वासघात तथा ठगी, संगठित अपराध र बैंक तथा वित्तीय अपराध (बाफिया) ऐनअन्तर्गत मुद्दा चलाउन सिफारिस गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)