मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुन तस्करी प्रकरण : थप तीन जना पक्राउ

gorkhapatraonline.com · Sun Sep 10 06:31:19 GMT 2023

काठमाडौँ, भदौ २४ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएको ६० केजी सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थप तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत पुष्पा जोशी, भन्सार कार्यालयकै नायब सुब्बा कमल परियार र वीरेन्द्र नेपाली रहेको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले तस्करी प्रकरणमा अनुसन्धान गर्ने क्रममा भन्सार कार्यालयका थप तीन जना कर्मचारी पक्राउ परेको जानकारी दिनुभयो। योसँगै सुन प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या ३० पुगेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)