मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गृहमन्त्रीका गृहकार्य

ekantipur.com · Mon Jul 15 23:59:55 UTC 2024

काठमाडौँ — सहकारी ठगी प्रकरणमा निवर्तमान गृहमन्त्री रवि लामिछानेमाथि प्रहरीबाट अनुसन्धान हुनुपर्ने भन्दै कांग्रेसले नाराबाजीसहित संसद् नै अवरोध गरेको थियो । प्रमुख सचेतकको हैसियतमा त्यसको नेतृत्व रमेश लेखकले नै गरेका हुन् ।

२०८० फागुन २३ मा लामिछाने गृहमन्त्री बनेलगत्तै अनुसन्धानको माग गर्दै कांग्रेसले विरोध गर्दा माओवादी, एमाले र रास्वपा बचाउमा उत्रिएका थिए । तिनै लेखक सोमबार गृहमन्त्री भएका छन् । उक्त अनुसन्धान गृहमन्त्री लेखकले अघि बढाउलान् वा कुनै राजनीतिक दाउपेचमा सौदाबाजी गर्छन् भन्ने अहम् प्रश्न बनेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)