लागुऔषधविरुद्धको दिवसकै दिन महोत्तरीमा ९० किलो गाँजा बरामद, चालक फरार
corporatenepal.com · Fri Jun 26 03:00:03 GMT 2026

काठमाडौं । आज विश्वभर लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै गर्दा नेपालमा पनि लागुऔषध नियन्त्रणका प्रयास जारी रहेका छन्। यसैक्रममा महोत्तरीबाट प्रहरीले करिब ९० किलोग्राम गाँजा बरामद गरेको छ।
नेपाल प्रहरीले जनाएअनुसार महोत्तरीको जलेश्वर नगरपालिका–७ स्थित बखरी पुल क्षेत्रमा शंकास्पद अवस्थामा नम्बर प्लेट नभएको मोटरसाइकल जाँच गर्ने क्रममा चालक मोटरसाइकल छाडेर फरार भएका थिए। मोटरसाइकलमा रहेका दुईवटा सेतो बोराभित्र प्लास्टिकमा प्याक गरिएको करिब ९० किलोग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)