अटोमोबाइल क्षेत्रलाई राजश्वको स्रोत मात्रै नमानौं, औद्योगिकीकरणको आधार बनाऔंः श्रेष्ठ
corporatenepal.com · Tue Aug 11 08:05:10 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रलाई सरकारको राजस्व संकलनको स्रोतका रूपमा मात्रै हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताएका छन् । नाइमा मोबिलिटी एक्स्पोको उद्घाटन कार्यक्रममा मंगलबार उनले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई राष्ट्रिय औद्योगिकीकरण, रोजगारी सिर्जना, प्रविधि विकास र आर्थिक समृद्धिको आधारका रूपमा विकास रूपमा हेरिनुपर्ने बताए ।
श्रेष्ठले मोबिलिटीको विषय कनेक्टिभिटी, ऊर्जा, प्रविधि, वातावरण र अन्ततः आर्थिक विकाससँग जोडिएको बताउँदै नेपालमा सुरक्षित, दिगो र प्रविधिमैत्री मोबिलिटी आवश्यक रहेको र त्यसअनुसार पूर्वाधार र नीति निर्माण गर्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)