कौडा खेलिरहेका १६ जना पक्राउ, १३ लाख बरामद
ratopati.com · Tue Aug 11 10:03:46 GMT 2026

काठमाडौँ। काठमाडौँको लैनचौरमा कौडा खेल्दै गरेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार काठमाडौं महानगरपालिका–२७ मा सञ्चालित गाउँवेशी थकाली भान्साघरबाट कौडा खेल्नेहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले रातोपाटीलाई बताए।
प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले जुवा खालबाट १६ थान कौडा र १३ लाख १७ हजार नगद बरामद गरेको छ । पक्राउ पर्नेमा काभ्रे घर भएका ४२ वर्षीय रेशम बहादुर घ्यावा, सिन्धुपाल्चोक घर भएका ३१ वर्षीय सुमन गिरी, दोलखा घर भएका ४५ वर्षीया हेमा गुरुङ, चितवन घर भएकी ४० वर्षीया शान्ता लामा, काभ्रेका ४० वर्षीय नवराज नेपाल, ३८ वर्षीय अमर तामाङ र नुवाकोट घर भएका ४० वर्षीय रमन लामा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)