९० किलो गाँजा सहित सिरहामा एक जना पक्राउ
ratopati.com · Tue Oct 13 03:20:16 GMT 2026

जनकपुरधाम । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्याणपुरबाट प्रहरीले ९० किलो लागुऔषध गाँजा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गए राति ११ बजे गाँजाको बिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहान र महेशवारीबाट संयुक्त प्रहरी टोलीले खटिएको थियो । प्रहरी प्रवक्ता एवं डिएसपी रमेश बहादुर पालका अनुसार गाँजा सहित ४३ वर्षीय जगदिश यादवलाई पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)