श्रीलंकाले भारतलाई ६ विकेटले हरायो
ekantipur.com · Tue Sep 06 18:12:00 GMT 2022
काठमाडौँ — एसिया कप क्रिकेटको सुपर फोर प्रतियोगितामा भारतले आफ्नो दोस्रो खेलमा पनि हार बेहोरेको छ । मंगलबार भएको खेलमा भारतलाई श्रीलंकाले ६ विकेटले हराएको हो। यो हारसँगै भारतलाई फाइनल पुग्न निकै कठिन हुने भएको छ ।
भारतले दिएको १७५ रनको लक्ष्य श्रीलंकाले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक ५७ रन बनाए । त्यस्तै पथुम निसंकाले ५२ रनको योगदान गरे । त्यसैगरी दासुन शनाका र भानुका राजापक्षले नटआउट रहँदै क्रमश: ३३ र २५ रन बनाए । भारतका लागि युजवेन्द्र चहलले ३ र रविचन्द्रन अश्वीनले १ विकेट लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)