ठूलो अपरेसन, पन्तको ज्याकेटभित्र ५३ ग्राम बढी हेरोइनसहित पैसा फेला
barnanmedia.com · Sat Mar 29 23:10:24 GMT 2025

सशस्त्र प्रहरी बल, नेपालले भारतसँग जोडिएको कञ्चनपुरको दक्षिणी सीमाक्षेत्र बेलौरीबाट लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले बेलौरी नगरपालिका-६ हात्तिबोझाका २३ वर्षीय रोहित पन्तलाई नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बेलौरी कञ्चनपुरको टोलीले २०८१ चैत्र १४ गते साँझ ५:४० बजे सीमा इलाकाबाट नेपाल प्रवेश गर्ने क्रममा पन्तलाई चेकजाँच गर्दा उनको झोलाभित्र ज्याकेटको खल्तीमा लुकाइछिपाइ राखेको ५३.९८ ग्राम खैरो हेरोइन फेला पारेको थियो। साथै, प्रहरीले पक्राउ परेका व्यक्तिसँग एक थान रेडमी मोबाइल, नेपाली रुपैयाँ २,९४० र भारतीय रुपैयाँ ८१० समेत बरामद गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)