मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बैंकले नक्कली नोट दिएको भन्दै प्रहरीमा उजुरी, बैंकले भन्यो– ‘हाम्रै हो भन्ने आधार छैन’

clickmandu.com · Tue Oct 13 10:09:19 GMT 2026

काठमाडौं । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरस्थित नेपाल बैंक लिमिटेडको शाखाबाट भुक्तानी लिएको नोट नक्कली परेको भन्दै एक सेवाग्राहीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । तर, बैंक व्यवस्थापनले भने रकम भुक्तानी लगेको तीन दिनपछि मात्रै नक्कली भन्दै दाबी गरिएकाले उक्त नोट बैंकबाटै गएको हो भनेर पुष्टि गर्न नसकिने स्पष्टीकरण दिएको छ ।

गत शुक्रबार (२३ गते) दिउँसो करिब १२ बजे एक सेवाग्राहीले बैंक शाखाबाट १२ हजार रुपैयाँ झिकेका थिए । बैंकले उनलाई १०० रुपैयाँ दरका १०० थान (१० हजार) र १ हजार रुपैयाँ दरका २ थान (२ हजार) गरी कुल १२ हजार रुपैयाँ भुक्तानी दिएको थियो । तीमध्ये १ हजार दरका दुईवटै नोट नक्कली परेको दाबी गर्दै सेवाग्राहीले सोमबार जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा उजुरी दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)