नेपाली सेनाको चिकित्सकीय टिम अहिले म्यानमारमा घाइतेको उपचारमा खटियो
barnanmedia.com · Tue Apr 08 22:44:26 GMT 2025

नेपाली सेनाको चिकित्सकीय टिम अहिले म्यानमारमा खटिरहेको छ । सेनाको टिमले अहिले भूकम्पबाट घाइते भएकाहरुको स्वास्थ्य उपचारमा खटिई सेवा प्रदान गरिरहेको हो ।
सेनाको टिम म्यानमारको मण्डले क्षेत्रको यामइथीनमा तैनाथ छ । सेनाको टिमले त्यहा क्याम्प नै खडा गरेर स्थानीयको उपचार गरिरहेको छ । टिममा मेडिकल इन्चार्ज तथा जनरल सर्जन प्रमुख सेनानी डा. बिकास बहादुर रायामाझी, अर्थोपेडिक्स सर्जन प्रमुख सेनानी डा. मोहित थापा मगर तथा अन्य दुई मेडिकल अधिकृत,दुई सैनिक उपचारिकाका साथै ६ जना प्यारामेडिकहरु रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)