यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने
khabarhub.com · Tue Oct 13 12:15:16 GMT 2026

काठमाडौं – सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ, बासी र न्यून गुणस्तरको खाना खुवाउने तथा अत्यधिक मूल्य असुल्ने होटल एवं रेष्टुरेन्ट र सवारी चालकहरूमाथि कडा कारबाही हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सूचना जारी गर्दै सार्वजनिक यात्रुवाहक सवारीका चालक, होटल व्यवसायी तथा यात्रीहरूका लागि विशेष निर्देशन जारी गरेको हो।
विभागका अनुसार राजमार्गका होटलहरूमा सरसफाइको कमी, बासी र झिँगा भन्केको खाना खुवाइएको र चर्को मूल्य लिने गरिएको व्यापक जनगुनासो आएपछि सम्बन्धित निकायहरूको बैठक बसेर यस्तो निर्णय गरिएको हो । नयाँ व्यवस्था अनुसार सार्वजनिक सवारीका चालकहरूले सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य स्वच्छता स्टिकर टाँसिएका सफा, स्वच्छ र गुणस्तरीय होटल/रेष्टुरेन्टहरूमा मात्रै खाजा तथा खानाका लागि गाडी रोक्नुपर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)