पूर्व र बहालवाला उपकुलपतिद्वारा सरकारी कदमको विरोध
rajdhanidaily.com · Tue Jan 25 23:29:34 GMT 2022
काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन ऐन र नियमावलीविपरीत सरकारको निर्णयको १ जना बहालवाला र ७ जना पूर्वउपकुलपतिले विरोध गरेका छन् । गत पुस ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले नियुक्त गरेका उपकुलपति ज्ञानेन्द्र गिरीसहित शिक्षाध्यक्ष गुरु खनाल, रजिस्टार र अस्पताल निर्देशक गौरी साहलगायतलाई काम गर्नबाट रोकेको छ । सरकारको सो कार्यविरुद्ध बहालबाला तथा पूर्वउपकुलपतिले मंगलबार विज्ञप्ति जारी गर्दै विरोध गरेका हुन् ।
सोही दिन सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको प्रमुख विशेषज्ञ टोलीले अस्पताल सञ्चालन तथा प्रतिष्ठानको दैनिक काम गर्ने निर्णय गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)