चुनौती बन्दै साइबर अपराध
kendrabindu.com · Wed Aug 12 03:20:10 GMT 2026

काठमाडौं । पछिल्लो समय बढ्दै गएको सामाजिक सञ्जालको प्रयोग चुनौती बन्दै गएको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकले साइबर अपराधका घटनाको डरलाग्दो दृश्य देखाएको छ ।
गएको आर्थिक वर्षमा मात्रै प्रहरीको साइबर ब्युरोका हजारौँ उजुरी परेका छन् । जसमध्ये विभिन्न सामाजिक सञ्जालको प्रयोगमार्फत बुलिङ तथा ह्यारेसमेन्टका उजुरीमात्रै चार हजार ३६२ वटा परेका छन् ।यी बाहेक सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममार्फत भएका अवैध गतिविधिबारे २० हजार ५४५ वटा उजुरी ब्युरोमा परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)