मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मनाङलाई घरेलु मैदानमा जिते पनि सम्भावनामात्र!

pahilopost.com · Sat Jan 01 01:40:41 GMT 2022

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन्।

आज हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र थ्री स्टार क्लब दशरथ रंगशालामा आमनेसामने हुनेछन्। उपाधि दाबेदार मानिएको थ्री स्टार क्लबको छैटौं चरणसम्मको नतिजा सन्तोषजनक छैन। ४ वटा खेलमा बराबरी खेलेको थ्री स्टारले एउटा जित र एउटा हार ब्यहोर्दै ७ अंक जोडेर तालिकाको आठौं स्थानमा छ। अर्कोतर्फ लिगको सुरुवाती चरणहरुमा रेलिगेसन जोनमा संघर्ष गरेको जावलाखेलले पछिल्ला दुई खेलमा जित र त्यसअघिको खेलमा बराबरी खेलेर ७ अंक जोड्दै तालिकाको नवौं स्थानमा छ। थ्री स्टार र जावलाखेल दिउँसो १ बजे दशरथ रंगशालामा आमनेसामने हुनेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)