शान्ति प्रक्रिया र जलवायु परिवर्तनका मुद्दा प्राथमिकतामा
ekantipur.com · Sat Oct 28 00:49:15 GMT 2023
काठमाडौँ — संयुक्त राष्ट्रसंघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेसले आइतबारदेखि नेपालको चारदिने भ्रमण गर्दै छन् । उनका लागि नेपाल भ्रमणका एजेन्डा र कार्यतालिकाको टुंगो लागेको छ । यसको टुंगो नेपाल सरकार र नेपालस्थित संयुक्त राष्ट्रसंघीय स्थायी नियोगले गरेका हुन् ।
महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सेप्टेम्बर १७ मा संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भेटेरै नेपाल भ्रमणको निम्तो दिएका थिए । महासचिवले त्यसलाई स्वीकार गरिहाले । महासचिव गुटेरेस पोर्चुगलका पूर्वप्रधानमन्त्री हुन् । र, महासचिवका रूपमा उनको यो दोस्रो कार्यकाल हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)