मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

पुष्पकमलकी राजनीतिक सारथि सीताले लिइन् बिदा

ekantipur.com · Thu Jul 13 00:46:44 GMT 2023

काठमाडौँ — प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले पत्नी सीतालाई अन्तिम बिदाइ गरेका छन् । दुई छोरी रेनु र गंगालाई पछि लगाएर पशुपति आर्यघाटमा सीताको पार्थिव शरीरमा दागबत्ती दिँदा उनका हात कापिरहेका थिए ।

प्रधानमन्त्री पत्नी सीताको बुधबार बिहान ६९ वर्षको उमेरमा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । उनी दुर्लभ रोग पार्किन्सनबाट पीडित थिइन् । नर्भिकबाट उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा लगिएको थियो । मन्त्रिपरिषद्को आकस्मिक बैठकले उनको निधनप्रति नेपाल सरकारका तर्फबाट दुःख तथा समवेदना प्रकट गर्ने र ‘फर्स्ट लेडी’ को हैसियतमा राजकीय सम्मान दिने निर्णय गरेको थियो । बुधबारै उनको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपालको झन्डा ओढाएर सम्मान अर्पण गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)