मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिशोध होइन परिपक्वता

nagariknews.nagariknetwork.com · Wed Oct 08 00:10:06 GMT 2025

नेपाल फेरि एउटा निर्णायक मोडमा उभिएको छ। भदौ २३ र २४ मा देशका सडकमा उठेको आवाज केवल एक आन्दोलन थिएन, त्यो पिँढीगत पीडा र असन्तोषको विस्फोट थियो। जेनजी आन्दोलनले देखाएको विद्रोह सत्ता कब्जा गर्न होइन, सुन्न नसक्ने र बुझ्न नसक्ने पुरानो व्यवस्थालाई हल्लाउन थियो। ती युवाले देशको भविष्यप्रति माया र क्रोध दुवै देखाए। किनभने तिनले आफूलाई राज्यबाट वञ्चित महसुस गरेका थिए। जेनजी आन्दोलनले देशको राजनीतिक, सामाजिक र नैतिक संरचनामा गहिरो प्रश्न उठाइएको थियो। ती दिनका रगतले चिसिएका सडकमा आज पनि राजनीतिक आरोप–प्रत्यारोपको तातो बहस चलिरहेको छ।

त्यो आवाज सुन्ने सरकार र दलहरूका कान अहिलेसम्म पनि खुलेका छैनन्। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी दर्ता गर्ने र पक्राउ पुर्जी निकाल्ने सरकारी तयारीले न्याय खोजीभन्दा पनि राजनीतिक हिसाब–किताबको आभास दिएको छ। न्यायको खोजीलाई प्रतिशोधको औजार बनाइयो भने त्यो न्याय रहँदैन। अर्को अन्यायको प्रारम्भ हुन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)