स्थानीय तहमा भूमि प्रशासन सेवा‚ ४२ दिनमै ८८ लाखभन्दा बढी राजस्व
nepalnews.com · Wed Aug 12 15:51:06 GMT 2026

झापा। झापाको शिवसताक्षी नगरपालिकामा भूमि प्रशासन तथा नापीसँग सम्बन्धित सेवा स्थानीय तहमै उपलब्ध हुन थालेपछि नगरवासीले समय र खर्च दुवै बचत गर्न थालेका छन्। नगरपालिका कार्यालयबाटै जग्गा प्रशासन र नापीसँग सम्बन्धित विभिन्न सेवा पाउन थालेपछि दमक मालपोत तथा नापी कार्यालय धाउनुपर्ने बाध्यता घटेको हो। यस अघि शिवसताक्षी नगरका सेवाग्राही दमक स्थित मालपोत कार्यालय सेवा लिन जानुपर्ने थियो।
शिवसताक्षी नगरपालिकामा गत ३ असारमा भूमि प्रशासन शाखा स्थापना भएको थियो। स्थापना भएपछि गत आवको असार मसान्तसम्म २४ दिन र चालु आवमा हालसम्म १८ दिन गरी जम्मा ४२ दिन शाखाले सेवा प्रवाह गरेको शिवसताक्षी नगरपालिको सूचना शाखाले जनाएको छ। यस अवधिमा ८४४ जना सेवाग्राहीले सेवा लिएका छन् भने त्यसबापत कुल ८८ लाख ८२ हजार २७० रुपैयाँ राजस्व संकलन भएको भूमि प्रशासन शाखा प्रमुखसमेत रहेका सहायक सूचना अधिकृत डिल्ली नेपालले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)