मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वन्यजन्तु चोरी सिकारीमा प्रहरीकै मिलेमतो

annapurnapost.com · Wed Mar 13 00:53:54 GMT 2024

विराटनगर : मोरङमा वन्यजन्तुको अवैध चोरी सिकारीमा प्रहरीकै मिलेमतो रहेको आशंका गरिएको छ । पहिचान खुल्दा पनि सिकारी पक्राउ नपरेपछि प्रहरीको भूमिका शंकास्पद एवं विवादास्पद देखिएको हो । वन्यजन्तुको चोरी सिकारी एवं तस्करीमा प्रहरीकै मिलेमतो रहेको आरोप लागेको छ । पछिल्लो समय मोरङका जंगलबाट वन्यजन्तुको चोरी सिकारी गर्ने समूहलाई प्रहरीले सहयोग गरिरहेको आशंका गरिएको हो ।

मोरङको कानेपोखरीको भुल्के–सुन्तली सामुदायिक वन क्षेत्रबाट गत फागुन ४ गते बिहान भरुवा बन्दुकलगायत बरामद भएको थियो । कानेपोखरी गाउँपालिका–६ सीताधापस्थित केशरबहादुर कार्कीको घरनजिकको माचभित्रबाट लोड गरिएको बन्दुक बरामद भएको हो । कार्कीको घरको खाटमा ३ वटा टर्च लाइट, खुकुरी, गाडीको ब्यारिङ र भरुवा बन्दुकमा लाग्ने अन्दाजी १ सय ग्राम बारुद फेला प¥यो । घरभित्र चार्ज गरिरहेको अवस्थामा २ वटा मोबाइल भेटिए । घरधनी कार्कीले उक्त मोबाइल आफ्नो नभएको बताए । केही व्यक्तिहरू आफ्नो घरभित्र प्रवेश गरेर बसेको कार्कीले स्वीकार गरेका छन् । उनी त्यतिबेलै पक्राउ परेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)