नक्कली शरणार्थी प्रकरणमा कम्तिमा ३२ जना संलग्न, थप संलग्नता खुले पुरक प्रतिवेदन लगिने
onlinekhabar.com · Sun May 21 16:35:51 GMT 2023
७ जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असूली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको प्रहरीले निष्कर्ष निकालेको छ ।
झण्डै दुई महिना लामो अनुसन्धानपछि प्रहरीले यो संगठित अपराधमा हालसम्म ३२ जना संलग्न रहेको निष्कर्ष निकालेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले अनलाइनखबरलाई बताए । उनीहरुमध्ये १६ जना जिल्ला प्रहरी परिसर, काठमाडौं र मातहतका इकाइको हिरासतमा छन् । थप १६ जनालाई फरार प्रतिवादीका रुपमा प्रतिवेदनमा समावेश गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)