यस्तो छ किशोर श्रेष्ठको पक्राउ पुर्जी
ratopati.com · Wed Aug 12 17:01:04 GMT 2026

काठमाडौँ । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई औपचारिक रूपमा थुनुवा पुर्जी थमाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई वैयक्तिक गोपनीयता सम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्न पुर्जी दिएको हो ।
प्रहरीले जारी गरेको थुनुवा पुर्जी अनुसार दिपिका सिंहको जाहेरीका आधारमा श्रेष्ठविरुद्ध मुद्दा अघि बढाइएको हो । पुर्जीमा वादी नेपाल सरकार र प्रतिवादी किशोर श्रेष्ठलाई बनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)