बाँकेमा एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ
deshsanchar.com · Tue Apr 15 23:48:56 GMT 2025

नेपालगञ्ज- जिल्ला प्रहरी कार्यालय, बाँकेले गत चैत महिनामा विभिन्न स्थानबाट विभिन्न अपराध गरेर लामो समयदेखि फरार भएका ५६ प्रतिवादीलाई पक्राउ गरेको छ । उनीहरूबाट पाँच वर्ष सात महिना २९ दिन कैद र रु १८ लाख ८६ हजार जरिवाना असूल उपर गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार फरार प्रतिवादी जबरजस्तीकरणी, कर्तव्य ज्यान, लागुऔषध कारोबार, चेक अनादार, बहुविवाहलगायत मुद्दाका रहेका छन् । यसअघि गत फागुनमा प्रहरीले ६५ फरार प्रतिवादी पक्राउ गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)