ठगीको आरोपमा फरार एक महिला पक्राउ
lokaantar.com

ठगी तथा बैंकिङ कसुरसम्बन्धी विभिन्न मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेकी एक महिलालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका–५ की ४२ वर्षीया नितु ठाकुर रहेकी छन् । उनलाई ललितपुर महानगरपालिका–२३, धापाखेलबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)