मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चुनाव घोषणापछि सांसद पद कहिलेसम्म ?

ekantipur.com · Mon Jul 04 00:52:12 GMT 2022

काठमाडौँ — स्थानीय तह निर्वाचन सकिएलगत्तै मुलुकमा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी सुरु भइसकेको छ, मिति घोषणाका लागि सरकारले निर्वाचन आयोगसँग परामर्श गरिरहेको छ । यही बेला स्वाभाविक प्रश्न उठेको छ– निर्वाचन घोषणा भएपछि अहिलेका सांसदहरूको पद के हुन्छ ? विगतमा अनेक उदाहरण भएका र यसपालि संविधानमा स्पष्ट किटान नभएकाले आधिकारिक निकायबाटै थरीथरी भनाइ आएका छन् ।

संसद्को कार्यकाल सकिन्छ वा बाँकी रहन्छ भन्ने विषयमा संविधानविद्हरूका तीन थरी विचार छन् । पहिलो, विघटन गर्न संविधानले रोक लगाएका कारण उम्मेदवारले मनोनयनपत्र दर्ता गराउने अघिल्लो दिनसम्म सांसदहरूको पद रहन्छ । दोस्रो, निर्वाचनको मिति घोषणा गर्दा नै सरकारको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा पनि विघटन हुन्छ । तेस्रो, निर्वाचन प्रयोजनका लागि प्रतिनिधिसभा आफैंले प्रस्ताव पास गरेर आफैंलाई विघटन गरेको घोषणा गर्नुपर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)