इजरायलमा मारिएका नेपालीको सम्झनामा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने
nepallive.com · Tue Oct 10 00:29:00 GMT 2023
काठमाडौं – प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणमा मारिएका १० जना नेपालीको सम्झनामा सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको थियो।
राष्ट्रिय शोकको दिन आज (मंगलबार) देशभरका सरकारी कार्यालयहरु र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)