बाढी-पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध, कहाँको अवस्था कस्तो ?
ajakoartha.com · Thu Aug 13 01:56:00 GMT 2026

काठमाडौं- नेपाल प्रहरीले बिहीबार बिहान ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेशमा मुख्य राजमार्गहरू अवरुद्ध भएको जनाएको छ।
कोशी प्रदेशको भोजपुरस्थित मध्य पहाडी लोक मार्गको बोखिममा बाढीका कारण सडक एकतर्फी मात्र सुचारु छ। उक्त स्थानमा वैकल्पिक बाटोको समेत व्यवस्था गरिएको छ। इलामको राजदुवालीमा झापादेखि ताप्लेजुङ जोड्ने मेची राजमार्ग भने अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध बनेको छ। त्यहाँ पनि वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)