एमजीको शक्तिशाली एसयूभी 'मेजेस्टर' नेपाली बजारमा, नाइमा एक्स्पोमा बुक गर्नेलाई १५.५ लाखसम्म फाइदा
techpana.com · Thu Aug 13 03:22:36 GMT 2026

काठमाडौं । जेएसडब्लु एमजी मोटरको नेपालका लागि आधिकारिक वितरक गो अटोमोबाइल्स प्रालिले नयाँ प्रिमियम एसयूभी ‘एमजी मेजेस्टर’ (MG Majestor) नेपालमा सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा कम्पनीले यो एसयूभी सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार मेजेस्टर नेपालमा सार्वजनिक भएको एमजीको अहिलेसम्मकै ठुलो, शक्तिशाली र प्रिमियम एसयूभी हो । भारतको डी प्लस एसयूभी (D+ SUV) सेग्मेन्टमा पर्ने यो गाडी भारतबाहिर प्रारम्भिक रूपमा उपलब्ध हुने बजारमध्ये नेपाल पनि एक रहेको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)