युक्रेनले गर्यो रुसको नोभोरोसिस्क बन्दरगाहमा आक्रमण
ratopati.com · Thu Aug 13 04:48:24 GMT 2026

किभ । युक्रेनले कृष्ण सागर सीस्थित रुसको प्रमुख बन्दरगाह नोभोरोसिस्कमा व्यापक ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेको छ । आक्रमणका क्रममा रुसका दुई प्रमुख अन्न निर्यात टर्मिनलमा क्षति पुगेको बताइएको छ । रुसी कृषि मन्त्रालयले वैकल्पिक बन्दरगाहमार्फत मालवाहक गतिविधि सञ्चालन गर्ने तयारी भइरहेको जनाएको छ ।
स्थानीय अधिकारीहरूका अनुसार बुधबार राति भएको आक्रमणमा एक जना आठ वर्षीय बालकसहित तीन जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसको कृष्ण सागरमा रहेको नौसैनिक आधारलाई लक्षित गरी रकेट, विमान तथा समुद्री ड्रोन प्रयोग गरेर विशेष अभियान सञ्चालन गरिएको बताएका छन् । उनले अन्न निर्यात गर्ने टर्मिनलमा भएको क्षतिको भने उल्लेख गरेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)