एलआईसी नेपालको नाफा साढे २८ प्रतिशत बढ्यो, इपीएस कति ?
arthasansar.com · Thu Aug 13 04:52:10 GMT 2026

लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) नेपालको नाफामा उच्च वृद्धि देखिएको छ । कम्पनीले सार्वज्निक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा बढेको हो ।
वित्तीय विवरणअनुसार कम्पनीले अघिल्लो आवको तुलनामा गत आवमा नाफा, आम्दानी सहितका अधिकांश वित्तीय सूचकमा प्रगति गर्न सफल भएको छ । कम्पनीको खुद नाफा अघिल्लो आवको तुलनामा गत आवमा २८.४५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आर्थिक वर्षमा ४० करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवमा यस कम्पनीले ३१ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)