सानिमा रिलायन्स लाइफको नाफामा सामान्य सुधार, जीवन बीमा कोष २५ अर्ब माथि
arthasansar.com · Thu Aug 13 04:55:55 GMT 2026

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफामा सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२÷८३ को अपरिष्कृत वित्तीय विवरण विवरण अनुसार नाफामा सुधार देखिएको हो ।
वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा कम्पनीले ३८ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो आवको भन्दा १.६९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ३७ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । समीक्षा वर्षमा कम्पनीको महाविपत्ति कोषमा १८ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३५ करोड ९८ लाख रुपैयाँ र अन्य इक्विटी ८ करोड ६८ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष महाविपत्ति कोषमा १४ करोड ७८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५३ करोड २७ लाख रुपैयाँ र अन्य इक्विटी ७ करोड ८२ लाख रुपैयाँ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)