कनकाईमा थप १३ जनालाई जग्गाधनी पुर्जा, हालसम्म २५८ लाभग्राहीले पाए स्वामित्व
bishowkhabar.com · Thu Aug 13 06:44:29 GMT 2026

काठमाडौं– कनकाई नगरपालिका–३ र ६ का थप १३ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । जिल्ला भूमि समस्या समाधान समितिले भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई स्वामित्व हस्तान्तरण गर्ने अभियानअन्तर्गत पुर्जा वितरण गरेको हो ।
जग्गाधनी पुर्जा प्राप्त गर्नेमा एक जना भूमिहीन दलित, पाँच जना भूमिहीन सुकुमवासी र सात जना अव्यवस्थित बसोबासी रहेका छन्। यसअघि साउन ८ गते पनि कनकाईका पाँच जनालाई पुर्जा वितरण गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)