किशोर श्रेष्ठको पक्राउप्रति मिडिया सोसाइटीको आपत्ति, तत्काल रिहाइको माग
kathmandupati.com · Thu Aug 13 07:21:25 GMT 2026

काठमाण्डु – नेपाल मिडिया सोसाइटीले जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई तत्काल र निःशर्त रिहा गर्न माग गरेको छ ।
सोसाइटीका महासचिव बोधराज त्रिपाठीले बिहीबार विज्ञप्ति जारी गर्दै समाचार प्रकाशनको विषयलाई लिएर कुनै कानुनी प्रश्न वा आपत्ति भए त्यसको समाधान पक्राउ गरेर नभई प्रचलित कानुनी प्रक्रिया र प्रेससम्बन्धी स्थापित संयन्त्रबाट खोजिनुपर्ने बताएका हुन् । ‘पत्रकारले प्रकाशित गरेको समाचारको विषयमा कुनै गुनासो वा आपत्ति भएमा प्रचलित कानुन तथा प्रेससम्बन्धी स्थापित प्रक्रियामार्फत समाधान खोजिनुपर्नेमा समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल मर्मविपरीत हो’, विज्ञप्तिमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)