प्युठानमा ५ जनाको शव फेला, रोल्पाकाे पहिराेले बगाएर ल्याएकाे आशंका
kathmandupati.com · Thu Aug 13 07:52:44 GMT 2026

काठमाण्डु – प्युठानको स्वर्गद्वारीमा विभिन्न स्थानमा ५ जनाको बेवारिसे शव फेला परेको छ। बिहीबार बिहान स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा रहेका माडी र लुङ्ग्री खोलाको किनारमा नाम, थर र वतन नखुलेका ५ जनाको शव फेला परेको हो।
स्वर्गद्वारी–९ जुडापाटास्थित माडी खोलाको किनारमा करिब १२–१३ वर्षका बालकको शव फेला परेको छ। त्यस्तै, स्वर्गद्वारी–३ किमिचौरस्थित माडी खोलाको किनारमा कम्मरभन्दा माथिको भाग मात्र रहेको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)