गठबन्धनमा सिट बाँडफाँटको सकस : धमाधम उम्मेदवार सिफारिस गर्दै कांग्रेस, कहाँबाट को ?
ekagaj.com · Sat Sep 03 15:39:44 GMT 2022
काठमाडौँ - पाँच दलीय सत्ता गठबन्धनमा सिट बाँडफाँटको सकसबीच नेपाली कांग्रेसले देशभरबाट उम्मेदवारको नाम सिफारिस गर्न थालेको छ । गठबन्धनअन्तर्गत कुन क्षेत्र कसको भागमा पर्ने अनिश्चितताबीच 'तालमेल हुँदा आफूले नपाउने निर्वाचन क्षेत्र छाड्ने प्रतिबद्धता'सहित कांग्रेसले प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३२० वटै क्षेत्रमा धमाधम उम्मेदवारको नाम सिफारिस गरिरहेको छ । भदौ २० गतेभित्र उम्मेदवारको नामावली केन्द्रीय कार्यालयमा पठाइसक्न कांग्रेसले मातहतका समितिहरूलाई परिपत्र गरेको छ ।
अहिलेसम्म सिफारिस भएका उम्मेदवारहरूमा अधिकांश पुरानै अनुहारहरू दोहारिएका छन् । पार्टी सभापति शेरबहादुर देउवाको नाम सातौं पटक संघीय सांसदका लागि डडेलधुराबाट सिफारिस भएर आएको छ । उनलाई जिल्ला कार्यसमितिले सर्वसम्मत प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस गरेको हो । उनी २०४८ देखि डडेल्धुराबाट निर्वाचन लड्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)
माओवादी केन्द्र