पुटिनको कुरिल भ्रमणप्रति जापानको आपत्ति, भन्यो- ‘त्यो हाम्रो अभिन्न भूभाग हो’
kendrabindu.com · Thu Aug 13 08:43:46 GMT 2026
टोकियो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापानले आफ्नो भूभाग दाबी गर्दै आएको विवादित कुरिल टापुहरूको पहिलो भ्रमण गरेपछि रुस–जापानबीचको पुरानो क्षेत्रीय विवाद फेरि सतहमा आएको छ। जापानले पुटिनको भ्रमणप्रति कडा विरोध जनाउँदै ती टापुहरू आफ्नो भूभाग भएको दोहोर्याएको छ।
क्रेमलिनले बिहीबार कुरिल द्वीपसमूहमध्ये एक टापुमा पुटिनको भ्रमणको भिडियो सार्वजनिक गरेको थियो । रुसी सञ्चारमाध्यमका अनुसार ७३ वर्षीय पुटिनले त्यहाँ रहेको माछा प्रशोधन केन्द्रको निरीक्षण गरेका थिए। उनलाई क्याभियरसमेत प्रदान गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)