पुटिनको कुरिल भ्रमणमा जापानको आपत्ति
khabarhub.com · Thu Aug 13 08:49:25 GMT 2026

एजेन्सी – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापानले आफ्नो भूभाग दाबी गर्दै आएको विवादित कुरिल टापुहरूको पहिलो भ्रमण गरेपछि रुस–जापानबीचको पुरानो क्षेत्रीय विवाद फेरि सतहमा आएको छ । जापानले पुटिनको भ्रमणप्रति कडा विरोध जनाउँदै ती टापुहरू आफ्नो भूभाग भएको दोहोर्याएको छ ।
क्रेमलिनले बिहीबार कुरिल द्वीपसमूहमध्ये एक टापुमा पुटिनको भ्रमणको भिडियो सार्वजनिक गरेको थियो । रूसी सञ्चारमाध्यमका अनुसार ७३ वर्षीय पुटिनले त्यहाँ रहेको माछा प्रशोधन केन्द्रको निरीक्षण गरेका थिए र उनलाई क्याभियरसमेत प्रदान गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)