नेपालका युवालाई डिजिटल सीप र रोजगारीमा जोड्न ईयूको १९ लाख युरो लगानी
nepalviews.com · Thu Aug 13 10:30:44 GMT 2026

काठमाडौं । युरोपेली संघ (ईयू) ले अन्तर्राष्ट्रिय युवा दिवस २०२६ का अवसरमा नेपालमा शिक्षा, डिजिटल सीप, नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धनमा केन्द्रित विभिन्न कार्यक्रम आयोजना गर्दै युवाका लागि करिब १९ लाख १० हजार युरो (EUR 1.91 million) बराबरका दुई नयाँ अनुदान कार्यक्रम सुरु गरेको छ ।
काठमाडौंको होटल मल्लामा बुधबार आयोजित कार्यक्रममा ईयूले इरास्मस मुन्डस प्रि-डिपार्चर ओरिएन्टेसन, ईयू युथ फेस्ट २०२६ र ईयू युथ एलुम्नाइ डे एकैसाथ आयोजना गरेको थियो । कार्यक्रममा विद्यार्थी, इरास्मस छात्रवृत्ति प्राप्तकर्ता, पूर्वविद्यार्थी, उद्यमी, नागरिक समाजका प्रतिनिधि, नवप्रवर्तक, निजी क्षेत्रका साझेदार तथा युवा नेताहरूको सहभागिता रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)