आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ: अर्थमन्त्री डा.स्वर्णिम वाग्ले
arthasansar.com · Thu Aug 13 10:53:00 GMT 2026

अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश बनाउने गरी नयाँ बजेट ल्याएको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र तनहुँको भ्रमणमा पुगेका उनले बिहीबार जिल्ला समन्वय समितिको वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
राज्यको कमजोर आम्दानीका कारण ऋण मागेर देशको अत्यावश्यक दैनिक खर्च चलाउने विगतदेखिको अवस्थालाई चिर्न करको दायरालाई फराकिलो बनाएर थोरै-थोरै जम्मा गरी आम्दानी बढाउने र आफ्नै आम्दानीले देश विकास गर्ने नीति लिएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)