‘ऋणको भर होइन, आफ्नै आम्दानीले देश बनाउने बजेट ल्याएका छौँ ‘ : अर्थमन्त्री वाग्ले
kalakarmi.com · Thu Aug 13 11:02:19 GMT 2026

तनहुँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश बनाउने गरी नयाँ बजेट ल्याएको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र तनहुँको भ्रमणमा आएका उनले बिहीवार जिल्ला समन्वय समिति तनहुँको वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै यस्तो धारणा राखेका हुन् ।
राज्यको कमजोर आम्दानीका कारण ऋण मागेर देशको अत्यावश्यक दैनिक खर्च चलाउने विगतदेखिको अवस्थालाई चिर्न करको दायरालाई फराकिलो बनाएर थोरै–थोरै जम्मा गरी आम्दानी बढाउने र आफ्नै आम्दानीले देश विकास गर्ने नीति लिएको उनले बताए । जनताको विकास सम्बन्धी आशा र आकाङ्क्षाहरूको तुलनामा मुलुकको सामथ्र्य कम रहेको र यहीबेला दातृ निकायको ऋण पनि महँगो बनेको अवस्थामा मुलुक आफैँ धनी हुने अवस्थामा जानुको विकल्प नरहेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)