लुम्बिनी लायन्समा डिकवेलाको निरन्तरता
neplays.com · Thu Aug 13 11:14:00 GMT 2026
काठमाडाैं। साविक विजेता लुम्बिनी लायन्सले निरोशन डिकवेलासँगको सम्झौतालाई नवीकरण गरेकाे छ। आगामी कार्तिक ९ देखि सुरु हुने नेपाल प्रिमियर लिग सिजन–३ का लागि श्रीलंकाका विकेटकिपर–ब्याटरलाई पुनः लुम्बिनीले टाेलीमा निरन्तरता दिएकाे जनाएकाे छ।
गत सिजन डिकवेलाले लुम्बिनी लायन्सलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। समूहचरणको चार खेल खेलिसकेपछि डिकवेला लायन्सको टोलीमा आवद्ध भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)